साझाट्युव : १०, असार काठमाडौं ।
नेपाल प्रहरी प्रधान कार्यालय नक्साल बाट विभिन्न जिल्लामा दरबन्दी भएका २४ प्रहरीलाई हाजिर हुनलाइ निर्देशन गरेको छ । आफु मनपरी गैर हाजिर रहेको , साथै खोजतलास गर्दा फेला नपरेको र हाजिर हुने सूचना टाँस्दा समेत सम्पर्कमा नआएकाले ७ दिनभित्र कार्यालयमा हाजिर हुन आग्रह गरेको छ ।
त्यस्तै प्रहरी प्रधान कार्यालयद्वारा जारी सूचनामा लेखिएको छ, ‘सन्तोषजनक जवाफको स्पष्टीकरण समेत दिएर यस कार्यालय वा सूचना जारी गरेको कार्यालयमा हाजिर हुनलाइ आउनु होला ।’
प्रहरी नियमावली बमोजिम २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) को कसुरमा ऐ. नियमावलीको १०९ को देहाय (ख) (१) सेवा देखि निस्कासन कारबाही हुनेछ ।
प्रहरी नियमावली २०७१ को अनुसूची १४ को भाग ४ प्रयोजनार्थ यहि सामूहिक सूचनामार्फत सफाइको अवसर दिएको प्रहरी प्रधान कार्यालयले बताएको छ ।