अभियन्ता शेर्पाद्वारा प्रकृति संरक्षण महाअभियान संचालन समन्वय गर्दै

276

साझाट्युव : २२ असार, जनकपुर । 

प्रकृति संरक्षण अभियन्ता तथा पर्वतारोही पी के शेर्पा / सोनाम शेर्पाले बातावरण बचाउलाई निरन्तरता दिने क्रममा “हिउँ रहे पानी, पानी रहे जीवन” भन्ने मुल नाराका साथ प्रकृति संरक्षणका लागि ७ प्रदेश, ७ महादेश, ७ समुन्द्र जनचेतना महाअभियान संचालन पूर्व विभिन्न प्रदेशमा समन्वयात्मक कार्यक्रम संचालन गरेका छन् ।

सोहि अवसरमा अभियन्ता शेर्पाले समन्वय गर्ने क्रममा गत मंगलबार प्रदेश नं २ स्थित जनकपुरको मणि मण्डप क्षेत्रमा बृहत्तर जनकपुर बिकास परिषदका अधक्ष्य सितल शाहसंग संयुक्त रुपमा बृक्षारोपणको गरेका छन् । सो प्रकृति संरक्षण जनचेतना महाअभियानको औपचारिक सुभारम्भ भने गर्न बाकी नै छ ।

शेर्पाका अनुसार निकट भविष्य मै सो अभियानको उद्घाटन पूर्व पश्चिम राजमार्गको प्रदेश १ को झापाबाट गर्ने रहेको छ ।
अभियानलाई नेपालको ७ वटै प्रदेशमा वृक्षारोपण गरेर विश्वका ७ वटै महादेश र ७ वटै समुन्द्रसम्म विस्तार गर्ने योजना रहेको छ ।

 

LEAVE A REPLY