साझट्युब :३ जेठ, काठमाडौं ।
नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार हेर्ने अमेरिकी उपविदेशमन्त्री तथा तिब्बती मुद्दा हेर्ने विशेष संयोजक उज्रा जेया मंगलबारबाट भारत अनि नेपालको ६ दिने भ्रमणमा निस्केकी छन् ।
उपविदेशमन्त्री जेया मंगलबार भारत आइपुगेकी हुन् । भारतमा तीन दिन रहेपछि आगामी शुक्रबार जेया नेपाल आउने भएकी छन् ।
जेया आफैंले पनि ट्वीटरमार्फत आफू भारत पुगेको जानकारी दिएकि हुन् । मेरिकाको डिपार्टमेन्ट अफ स्टेटले सोमबार जारी गरेको सूचना अनुसार १७ बाट २२ मे सम्म विदेशमन्त्री जेयाले भारत तथा नेपालको भ्रमण गर्ने तय गरेको छ ।
भ्रमणका सिलसिलामा जेयाले मानव अधिकार र लोकतान्त्रिक शासन व्यवस्थाका लक्ष्यहरूमा हुने सहयोगलाई अरु थप फराकिलो बनाउन तथा मानवीय प्राथमिकताहरू सुरुगर्ने विषयमा छलफल गर्ने भएका छन् । त्येस्तै , लोकतन्त्रका निम्ति शिखर सम्मेलनका लागि यो वर्षको कार्यकालमा भारत साथै नेपालसँग साझेदारी गर्ने विषयमा पनि उनले छलफल गर्ने बताएकी छन् ।
जेयालाई जो बाइडेन सरकाद्वर गत वर्ष डिसेम्बरमा तिब्बत मुद्दा हेर्ने विशेष संयोजक नियुक्त गरिएको थियो । भारतीय सञ्चार संस्थामा प्रकाशित समाचार अनुसार उनले भारतको हिमाञ्चल प्रदेशमा भएको धर्मशाला भ्रमण गर्ने कार्यक्रम रहेको छ । त्यहाँ उनले तिब्बती धर्म गुरु दलाई लामा तथा तिब्बतदेखि निर्वासित विशिष्ट नेताहरूसँग भेट गर्ने जनाएका छन् ।
अमेरिकी सरकारका तर्फबाट बाइडेन नेतृत्वमा आइसकेपछि दलाइ लामासँग भेट गर्नेमध्ये जेया विशिष्ट तहकी व्यक्तिमा पार्छिन ।
प्रतिनिधिमण्डलमा यूएसएआईडीको एसियाका निम्ति उपसहायक प्रशासक अञ्जली कौरको पनि उपस्थिति रहने भएकी छन् ।