अर्घाखाँचीमा चितुवाले एक सात वर्षीय बालकको ज्यान लियो

159

साझट्युब : १३ जेठ, अर्घाखाँची ।

बिहिबार अर्घाखाँचीमा चितुवाले एक सात वर्षीय बालकको ज्यान लिएको छ । साँझ घरमै चितुवाले आक्रमण गर्दा सन्धिखर्क नगरपालिका ४ अमलडाँडाका सम्राट नेपालीको ज्यान गएको हो। आक्रमणमा परेका बालक नेपालीको शव घरबाट करिब एक किमीको दुरीमा छिन्नभिन्न अवस्थामा फेला समेत परेको छ ।

अपरान्ह साढे चार बजे विद्यालयबाट घर आएका बालक बारीमा रहेकी आमा भएतिर जाँदै गर्दा चितुवाले आक्रमण गरेको थियो ।

चिचुवाको आक्रमणमा परेका बालकको स्थानीय र जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको टोलीले रातिसम्म खोजी गरेको थियो । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख अमर थापाले बालकको शव फेला परेको जनाए ।

LEAVE A REPLY