साझट्युब : १४ जेठ, मुगु ।
मुगूम कार्मारोङ गाउँपालिकाको पाटन क्षेत्रमा यार्सागुम्बा संकलनका गर्नका निम्ति आइतबारबाट प्रवेश खुल्ला हुने भएको छ ।
गाउँपालिकाको वडा नं. २ को आसपासमा पर्ने विभिन्न पार्टन रिमार, ठूलो कोइकी, सानो कोइकी, छापाखोला, चार्कुलगायत वनमा यार्सागुम्बा पाउने गर्दछ ।
वन क्षेत्रमा प्रवेशका गर्नका निम्ति गाउँपालिकाद्वार शुल्क लिने गर्दछ | यस्तै शुल्क बुझाएका संकलकले १५ गते बिहान प्रवेश गर्न पाउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास रावलले बताएका छन् ।
त्यस्तै यार्सागुम्बा संकलन गर्न जाने स्थानिय बासिन्दाले २ हजार र बाहिरी जिल्लाकाले २ हजार ५०० शुल्क भुक्तानी गर्नुपर्ने उनले बताए ।
यसैगरी गाउँपालिकाले यार्सागुम्बा खोज्ने क्रममा वातावरणलाइ असर पार्ने काम नगर्न पनि आग्रह गरेको छ ।
गाउँपालिकाले यार्सागुम्बा खोज्ने क्रममा पाटन क्षेत्रमा सिसा, प्लाष्टिकजन्य वस्तु नफाल्न, जथाभावी रुख बिरुवा नकाट्न, कुनै चोरी नगर्नसमेत संकलकलाई आग्रह गरेको छ । प्रयागरेर यार्सा संकलनका क्रममा लुटपाट चोरी हुने घटना बढीहुने भएकाले सुरक्षा व्यवस्थालाइ पनि कडा बनाएको छ । भने यार्सा संकलन गर्ने क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले गस्ती समेत गर्ने भएको छ ।
त्यसैगरी यार्सा संकलकबाट उठेको रकम गाउँपालिकाको खातामा राखिन्ने र पछि गाउँ कार्यपालिकाको बैठकको निर्णय अनुसार विकास निर्माणमा खर्च गरिने रावलले जानकारी दिए ।