आईजीपी नियुक्ति बारे सर्वोच्चमा रिट दर्ता, बुधबार पेशी तोकियो

155

साझाट्युव : वैशाख १९, काठमाडौं ।
नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्तिको विषयलाइ लिएर आज सोमबार सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

आईजीपी नियुक्ति प्रक्रियामा असन्तुष्ट बनेका एआईजी विश्वराज पोखरेलद्वारा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको हो ।सरकारले विधि र प्रक्रिया मिचेर आईजीपी नियुक्त गरेको भन्दै पोखरेल सर्वोच्च अदालत पुगेका हुन् ।तर,आईजीपी नियुक्ति प्रक्रियामा असन्तुष्ट बनेका अर्का आईजी सहकुल थापा भने सोमबार अदालत गएनन् ।​

अदालतले जनाए अनुसार सुनिता रावतको वारेसनामामा पोखरेलको रिट सर्वोच्चमा दर्ता भई बुधबारका लागि पेशी तोकिएको छ ।सोमबार कै बसेको क्याबिनेट बैठकले धिरजप्रताप सिंहलाई नेपाल प्रहरीको नयाँ आईजीपी नियुक्त गरेको थियो ।

सिंहले आजै दर्ज्यानी चिन्ह लगाइसकेका छन् । गृह मन्त्रालयमा सोमबार आयोजित समारोहमा गृह सचिव टेकनरायण पाण्डेले नवनियुक्त आईजीपी सिंहलाइ फुली लगाइदिएका हुन् ।

LEAVE A REPLY