आजदेखि संघीय र प्रदेश निर्वाचनका निम्ति मतदाता नामावली संकलन गरिदै

151

साझट्युब :  १ असार,काठमाडौं ।

निर्वाचन आयोगद्वारा आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका निम्ति पुनः मतदाता नामावली संकलन गर्ने कार्य आजदेखि सुरु भएको छ ।

स्थानीय तह निर्वाचन वैशाख ३० गते हुने भनेर सरकारले घोषणा गत माघ २४ गते गरेलगतै माघ २५ गतेबाट मतदाताहरुको नामावली संकलन गर्नेकार्यलाइ स्थगित गरिएको थियो । स्थगित गरिएको उक्त काम आजदेखि पुनः सुरु भएको छ ।

आफ्नो स्थायी ठेगानाभन्दा बाहिर बसोबास गरेकाहरुले विभिन्न आफ्नो पेशा व्यवसाय साथै अध्ययनको सिलसिलामा पनि आफू बसेकै स्थान देखि मतदाता नामावलीमा आफ्नो नाम लेखाउन सक्ने छन् । तर उनीहरुले मतदान गर्नलाई भने आफ्नो मतदाता नामावली जहाँ छ त्यहि गएर गर्नुपर्ने हुन्छ । यसैबिच जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै काठमाडौं जिल्ला बाहेकका नागरिकको नाम छुटेको भएमा जिल्ला निर्वाचन कार्यालय अनामनगरमा सम्पर्क गर्नलाइ आग्रह गरेको छ ।

LEAVE A REPLY