साझाट्युव : १८ साउन, काठमाडौं ।
अभियान लघुवित्त वित्तीय संस्थाले आज बुधबारबाट आईपीओ निष्काशन साथै बिक्री खुला गरेको छ ।
लघुवित्तद्वारा जारी पूँजी २ करोड ७ लाख रुपैयाँको ३९ प्रतिशतले हुन आउने ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता शेयर निष्काशन तथा बिक्री खुला गरेको छ ।
जसमाध्य ०.५ प्रतिशत आर्थत १२ हजार ५०० कित्ता शेयर कर्मचारीहरुलाई अन्य ५ प्रतिशत अर्थात ४८ हजार ७५० कित्ता शेयर सामुहिक लगानी कोषका निम्ति सुरक्षित गरी बाँकी रहने ९ लाख १३ हजार ७५० कित्ता शेयर भने सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका निम्ति आवेदन दिनुपर्नेछ भने अधिकतममा ३ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
यो आईपीओ खरीदका गर्नका निम्ति सर्वसाधारणले साउन २२ गतेभित्र आवेदन दिन सक्नेछन् । यदि सो अवधिसम्म पनि माग बमोजिम आवेदन नपरेमा भदौ १ गतेसम्म आईपीओ निष्कासन खुल्ला हुनेछ ।
नेपाल धितोपत्र बोर्डदेखि अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयरको वेब तथा एप मार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिने पर्बाधन छ ।
लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड भएको छ भने प्रत्याभुतकर्ता मेगा क्यापिटल मार्केट्स लिमिटेड भएको छ ।