आज दर्ज्यानी चिह्न लगाए सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी)ले

142

साझाट्युव : वैशाख १९, काठमाडौं ।

सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी)ले आज दर्ज्यानी चिह्न लगाएका छन् ।

सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहलाई गृह मन्त्रालयका सचिव टेक नारायण पाण्डेले दर्ज्यानी चिह्न लगाइदिएका हुन् ।

सचिव पाण्डेले दर्ज्यानी चिन्ह लगाउँदै भने– ‘सरकारले छनोट गरेका आईजीपी काविल छन् ।सशस्त्र प्रहरी बलका आईजीपी नियुक्त अर्यालबारे विवाद भएको छैन । तर, नेपाल प्रहरीमा धिरजप्रताप सिंहलाई नियुक्त गरेसँगै दुईजना सिनियर एआईजी असन्तुष्ट बनेका छन् ।

जेष्ठताको आधारमा मात्रै प्रहरीको सर्वोच्च पदमा पुग्न सकिने उल्लेख गर्दै गृहसचिव पाण्डेले भने– ‘विगतमा राम्रो नेतृत्व गरेर आएको व्यक्ति नै आईजीपी जस्तो गरिमामय पदमा आसिन हुन सक्छन् ।’ आईजीपीको रुपमा धिरजप्रताप सिंह १० महिना २१ दिन प्रहरीको नेतृत्वमा रहन्छन् ।

LEAVE A REPLY