आज विश्व वातावरण दिवस नेपालमा पनि विभिन्न कार्यक्रम मनाइँदै

143

साझट्युब : २२ जेठ , काठमाडौं ।

१६ जुन, १९७२ मा संयुक्त राष्ट्र सङ्घले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । उक्त सम्मेलनबाट वातावरण संरक्षणका लागि विश्वभर राजनीतिक र सामाजिक जनचेतना जगाउनुपर्ने अन्तर्राष्ट्रिय ऐक्यबद्धता बन्यो ।

त्यसैअनुरूप यो दिवसलाई संस्थागत गर्न सम्मेलनको दोस्रो वर्ष अर्थात् ५ जून १९७३ मा विश्वमा पहिलो पटक विश्व वातावरण दिवसलाई एक अन्तर्राष्ट्रिय दिनका रूपमा अङ्गीकार गरिएको हो ।

नेपालमा पनि विभिन्न कार्यक्रम गर्दै विश्व वातावरण दिवस मनाइँदै छ ।

विश्व वातावरण दिवसको अवसरमा सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय परिसरमा वृक्षरोपण गरिएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको समेतको सहभागितामा फलफूल लगायत विभिन्न जातका ८१ वटा बोटविरुवा रोपिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

त्यसअवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल लगायत सशस्त्र प्रहरी बल नेपालका अधिकृत, जुनियर अधिकृत तथा बिल्लादार जवानहरुको सहभागिता थियो ।

यसैगरी दश लाख वृक्षरोपण अभियान अन्तर्गत आज चन्द्रागिरी नगरपालिकामा पनि वृक्षरोपण कार्यक्रम हुँदैछ ।

LEAVE A REPLY