आर्थिक वर्षको बजेटमा चुनावसित कुनै पनि कुरा सम्बन्धितनभएको : अर्थमन्त्री शर्मा

268

साझट्युब :  १६ जेठ काठमाडौं ।

अर्थमन्त्री जनार्दन शर्माले सरकारद्वार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा चुनावसित कुनै पनि कुरा सम्बन्धितनभएको जानकारी दिएका छन् ।

गत सोमबार अर्थमन्त्री शर्माले बजेटबारे अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उत्पादन वृद्धि गर्ने कुरा, आत्र्मनिर्भर अर्थतन्त्र बनाउने बिषय , तलब वृद्धि गर्ने बिषय कुनै पनि कुरा चुनावसँग सम्बन्धि छ भनेर भन्न नमिल्ने स्पष्ट परेका हुन् । शर्माले भने चार वर्ष अघिको सरकारले ल्याएको कार्यक्रमलाई पनि बजेटले निरन्तरता दिएको उल्लेख गर्दै त्यसलाई पनि चुनावी बजेट भन्न मिल्छ र ? उनले प्रश्न समेत गरेका थिए ।

उनले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम बमोजिमनै बजेट आएको पनि बताए । आगामी आर्थिक वर्षको बजेटमा रोजगारी सृजना गर्ने, गरिवीको अन्त्य गर्ने, हाम्रा स्रोत, साधनहरुको सही परिचालन र व्यवस्थापन गर्ने कुरा उल्लेख भएको बताएका छन् ।

अर्थमन्त्री जनार्दन शर्माले स्वदेशी बस्तुको प्रयोग सरकारबाटै सुरु गर्ने विषयलाई बजेटमा उच्च प्राथमिकता दिइएको जानकारी दिए । त्यस्तै उनले अर्थ मन्त्रालयमा प्रयोग गरिएको सेनिटाईजर समेत विदेशी भएको पाइएको छ ,भने आफूहरुले स्वदेशी बस्तुको प्रयोगमा जोड दिने निष्कर्ष निकालिएको पनि जानकारी दिएका छन् ।

त्यसैगरी सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट पूर्ण रुपमा कार्यान्वयन हुने दावी समेत गरेका छन् । उनले बजेटमा निर्माण व्यवसायीलगायतका केही विषयहरु छुटेको कुरा बाहिर आएको उल्लेख गर्दै त्यसलाई पनि समेटेर अघि बढने प्रतिवद्धता समेत जाहेर गरेका छन् । शर्माले बजेट पूर्ण र उत्कृष्ट नभएतपनि देश र जनताको आकांक्षालाई सम्बोधन हुने गरी आएको छ भनेका थिए ।

अर्थमन्त्री शर्माले बजेटले आयात प्रतिस्थापन गर्ने,त्यस्तै स्वदेशी उत्पादनमा जोड दिने,र रोजगारीको अवसर सृजना गर्ने कामलाई प्राथमिकता दिएको पनि स्मरण गराएका हुन् ।

LEAVE A REPLY