साझट्युब : ८ जेठ, काठमाडौं ।
नेपाल आयल निगमले इन्धनको मूल्यमा फेरि भारी वृद्धि भएको छ । आइतबार मध्यरातिबाट लागु हुने गरी पेट्रोल, डिजल अनि मट्टीतेल प्रतिलिटर १० रुपैयाँको दरले वृद्धि भएको आयल निगमले बताएको छ ।
अब एक लिटर पेट्रोलको मूल्य १८० रुपैयाँ पर्नेछ भने मट्टीतेल र डिजलको मूल्य १६३ रुपैयाँ । खाना पकाउने एलपी ग्याँसको मूल्यसमेत पनि प्रतिसिलिण्डर २०० रुपैयाँ बढेको छ । अब एक सिलिण्डर ग्याँसको मूल्य १८०० रुपैयाँ भएको छ ।
यता हवाई इन्धन (आन्तरिकतर्फ) को मूल्यसमेत बढेको छ । १० रुपैयाँ वृद्धि गरेर प्रतिलिटर १६६ रुपैयाँ तोकिएको आयल निगमले बताएको छ ।
उता अन्तर्राष्ट्रिय बजारमा प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएको कारण यो मूल्य समायोजनपछि पनि पेट्रोलमा मासिक १ अर्ब, डिजलमा ३ अर्ब ४० करोड र एलपी ग्याँसमा ३ अर्ब घाटा हुने देखिएको निगमले दाबी गरेको छ ।