उदयपुरमा फौजी किरा फैलिदा मकै बाली नस्ट कृषकहरु चिन्तित

320

साझट्युब : १२ जेठ, उदयपुर ।

उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका आसपासमा रहेका केही वडामा भर्खरै हुर्कँदै गरेका मकैका पात र बिरुवालाइ फौजी किराले नष्ट गर्न थालेकाले तेहका कृषकहरु चिन्तित भएका हुन् ।

नगरको वडा नं १२ को पुरानो गाईघाट, वडा नं ११ को साकेला टोल तथा वडा नं १३ को असारी क्षेत्रमा अहिले फौजी किराले हुर्कँदै गरेका मकैका पात नष्ट गरेपछि बिरुवा मर्न थालेका छन् । ‘मकैका बिरुवाका पात सबै फौजी किराले नष्ट बनायो, बिरुवा नै मर्न थाले’, त्रियुगा–१२ साधना टोलका गडुरध्वज धमलाले भने ।

६ वर्षयता त्रियुगा क्षेत्रमा फौजी किराको समस्या देखिएको हो । समस्या सामाधानको उचित पहल हुन नसक्दा किसान मर्कामा पर्दैआएका छन् ।

त्रियुगा–१२ बोटेटोलका कुमार रेग्मीले जनाए अनुसार कृषि प्राविधिकको सल्लाह र सुझावअनुसार आफूहरूले विभिन्न किटनाशक औषधि प्रयोग गरेपनि प्रकोप नियनत्रणमा आउन नकसेको हो ।

त्रियुगा–१३ असारी क्षेत्रमा प्राविधिकको सल्लाहअनुसार विभिन्न किटनाशक औषधि प्रयोग गर्न थालेको किसानले बताएका छन् ।

LEAVE A REPLY