साझाट्युव : २० साउन, काठमाडौं ।
नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले आउने चुनावपछि दुई तिहाई बहुमत नै प्राप्त नगरेता पनि मेहनत गरेर बहुमतको सरकार बनाउन सफल हुने बताएका हुन् ।
आफ्नो ईच्छा मुताबिक काम गर्न गर्नको लागि दुई तिहाईको बहुमत चाहिने भएता पनि हाल इमान्दारिताका साथ काम गरेर बहुमत प्राप्त गर्न सकिने उनले भनेका हुन् ।
काठमाडौंमा सुक्रबार भएको कार्यक्रमा ओलीले भने, ‘केन्द्रमा एकल बहुमतको सरकार बनाउनुपर्यो । प्रदेशमा बहुमतको सरकार बनाउनुपर्यो ।’
ओलीले हलको सरकार ट्रयाक्टर जस्तो भएको बताए । ‘बनाउन हामीले ट्रयाक्टर बनाएका छौं, परिकल्पना चाहीँ हेलिकप्टर जस्तो गर्छौं, यो ट्रयाक्टर भुरुर उडेर पर गएर डाँडामा बस्दे हुन्थ्यो भन्छौं’, उनले भने, ‘ट्रयाक्टर पनि थोत्रो, धुँवा फ्याँकने, हालको जस्तो ट्रयाक्टरले देश के बनाउँछ होलात ?’
उपयुक्त सरकार बनाउनलाइ चुनौती हाम्रो सामू उभेको छ ओलीले भनेका हुन् ।
उपयुक्त सरकार बनाउनलाइ चुनौती हाम्रो सामू उभेको छ ओलीले भनेका हुन् ।