उम्मेद्वारी नपरेको चिन्ह मतपत्रमा नराख्ने निर्वाचन आयोगको तयारीप्रति पत्र लेख्दै एमालेले

187

साझाट्युव : बैशाख ११,काठमाडौँ ।

नेकपा एमालेले ६ वटा महानगरसहित १० स्थानीय तहमा उम्मेद्वारी नपरेको चिन्ह मतपत्रमा नराख्ने निर्वाचन आयोगको तयारीप्रति आपत्ति जनाएको छ ।

आयोगलाई पत्र लेख्दै एमालेले सबै स्थानीय तहमा एउटै किसिमको मतपत्र प्रकाशित गर्न आग्रह गरेको छ ।

 

‘हामी निर्वाचन सुरु भइसकेपछि निर्वाचनको नियम परिर्वन गर्न हुँदैन र मतपत्रको डिजायन परिवर्तन गर्ने जस्ता कामहरु निर्वाचन आयोगबाट हुने छैन भन्ने कुरामा विश्वस्त छौं’, एमालेको पत्रमा उल्लेख छ । आयोगलाई कुनै दबाव र प्रभावमा नपर्न पनि एमालेले आग्रह गरेको छ ।

पत्र हेर्नुहोस

LEAVE A REPLY