एमालेले टुंग्यायो प्यूठान, कैलाली र पाल्पा पालिकाका उम्मेद्‍वार

142

साझाट्युव : बैशाख ११,काठमाडौँ ।

नेकपा एमाले प्यूठानले ९ जिल्लामध्ये ८ वटा स्थानीय तहका लागि उम्मेदवारहरुको टुंगो लगाएको छ।

प्यूठान नगरपालिकाको प्रमुखमा विजय विराज विष्ट र उपप्रमुखमा पवित्रा जीसीलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ ।

त्यस्तै स्वर्गद्वारी नगरपालिकामा रामप्रसाद श्रेष्ठ नगरप्रमुख र गौरी वरापातिलाई उपप्रमुखमा उम्मेदवार बनाउने निर्णय गरिएको छ ।

त्यसैगरी सरुमारानी गाउँपालिका अध्यक्षमा झगबहादुर विश्वकर्मा र उपाध्यक्षमा वसन्ता खड्का उम्मेदवार बन्ने भएका छन् ।

त्यस्तै माण्डवी गाउँपालिकाको अध्यक्षका लागि श्रीधर रोका र उपाध्यक्षका लागि सम्झना घर्ती उम्मेदवार बन्ने भएका छन् ।
दुवै जनालाई पार्टीले पुनः दोस्रो कार्याकालका लागि उम्मेदवार बनाउने निर्णय गरेको जिल्ला सचिव माधव शर्माले जानकारी दिए ।

मल्लरानी गाउँपालिकामा अध्यक्षका लागि सुनिल शाही र उपाध्यक्षमा ईश्वरा आचार्य तेसैगरी नौबहिनी गाउँपालिकामा अध्यक्षका लागि डिलबहादुर थापा र उपाध्यक्षका लागि बिष्णु थापा केसी रहेका छन् भने गौमुखी गाउँपालिकाको अध्यक्षमा जुमानसिंह जीसी र उपाध्यक्षमा ज्ञानुमाया केसी उम्मेदवार बन्ने भएका छन् ।

यस्तै ऐरावती गाउँपालिमा अध्यक्षका लागी श्यामबहादुर थापा र उपाध्यक्षका लागि कमलाकुमारी ज्ञवाली उम्मेदवार बन्ने भएका छन् ।

तेसैगरी नेकपा एमालेले कैलालीका ११ वटा स्थानीय तहका उम्मेदवारको टुङ्गो लगाएको छ ।

टीकापुर नगरपालिकाको मेयरमा श्याम खत्री र उपमेयरमा अनुपा केसी तेस्तै लम्कीचुुहा नगरपालिकाको मेयरमा महादेव बजगाईं र उपमेयरमा जुना चौधरी ,घोडाघोडी नगरपालिकाको मेयरमा ममताप्रसाद चौधरी र उपमेयरमा करुणा बम बटाला, गौरीगंगा नगरपालिकाको मेयरमा पदम सिंगाल र उपमेयरमा शान्ति सिंह, गोदावरी नगरपालिकाको मेयरमा गोकर्ण भट्ट र उपमेयरमा शारदा रोकाया तथा भजनी नगरपालिकाको मेयरमा हर्क बुुढा र तुलसी चौधरी उम्मेदवार बन्ने भएका छन् ।

जानकी गाउँपालिकाको अध्यक्षमा टेकबहादुर बम र उपाध्यक्ष गीता चौधरी, जोशीपुर गाउँपालिकाको अध्यक्षमा केशरबहादुर डगौरा र उपाध्यक्षमा रमादेवी भुल, कैलारी गाउँपालिकाको अध्यक्षमा झुमा चौधरी र उपाध्यक्षमा जालुुराम चौधरी, तथा बर्दगोरिया गाउँपालिकाको अध्यक्षमा कर्ण कुँवर र इन्दुु चौधरी सर्वसम्मत उम्मेदवार बनेको बनेका छन् ।

तेसैगरि नेकपा एमाले पाल्पाले पनि १० वटै स्थानीय तह प्रमुख र उपप्रमुखका उम्मेद्‍वार टुंगो लगाएको छ ।

नेकपा एमाले पाल्पाको बैठकले जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरेलाई तानसेन नगरपालिकाको प्रमुख तथा यसअघि कार्यपालिका सदस्य रहेकी शशी श्रेष्ठलाई उप–प्रमुखमा उम्मेद्‍वार बनाउने निर्णय गरेको छ ।

यस्तै रामपुर नगरपालिकाको प्रमुखमा अधिवक्ता शिव अर्याल र उप–प्रमुखमा दुर्गा रानाले उम्मेदवारी दिने भएका छन् ।

निस्दी गाउँपालिका अध्यक्षमा मुक्तबहादुर सारु, उपाध्यक्षमा तीरण श्रेष्ठ, पूर्वखोलाको अध्यक्षमा नुनबहादुर थापा तथा उपाध्यक्षमा भागिरथी भट्टराई, रम्भाको अध्यक्षमा विष्णुप्रसाद भण्डारी र उपाध्यक्षमा राधादेवी श्रेष्ठले उम्मेदवारी दिने तयारी भएको नेकपा एमाले तानसेन नगर प्रमुख गुराँस आत्रेयले जानकारी दिए ।

यस्तै बगनासकाली गाउँपालिका अध्यक्षमा सरस्वती चिदी र उपाध्यक्षमा हरी पाठक, तिनाउ गाउँपालिकामा अध्यक्षमा प्रेम श्रेष्ठ, उपाध्यक्षमा सावित्रा राना, माथागढी गाउँपालिका अध्यक्षमा यमबहादुर चिदी र उपाध्यक्षमा विष्णु लुङ्चे, रिब्दीकोट गाउँपालिका अध्यक्षमा नारायणबहादुर जीसी र उपाध्यक्षमा लक्ष्मी खनाललाई उम्मेद्वार बनाइने छ ।

रैनादेवी छहरामा रामबहादुर राउत र उपाध्यक्षमा गीता भट्टराई घिमिरे उम्मेद्‍वार बन्ने टुंगो लगाएको नेकपा एमाले पाल्पाले जनाएको छ ।

 

LEAVE A REPLY