एसपीपी सम्बन्धमा छलफलमा बोलाइएको संसदीय समितिमा प्रधानमन्त्रीको अनुपस्थित

149

साझाट्युव : ५ असार, काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उपस्थित भएका छैन ।

अमेरिकादेखि प्रस्तावित स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्बन्धमा छलफल गर्न समितिले रक्षामन्त्रालयको पनि जिम्मेवारी सम्हालेका प्रधानमन्त्री देउवालाई आजको भएको बैठकमा निमन्त्रणा गरिएको थियो ।

 

यता प्रधानमन्त्रीको सचिवालयले बैठकमा आउन नभ्याउने भयोभनी जानकारी दिएका समितिका सभापति पबित्रा निरौला खरेलले बताएकी छिन । हिजो बेलुकासम्म आउने कुरा भएको तर अचानक आज बिहान प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिव भानु देउवाले बैठकमा आउन नभ्याउने भयो भनेर जानकारी दिएको खरेलले बताइन् । बिहाननैदेखि प्रधानमन्त्रीलाई समितिमा उपस्थित गराउन आफूले धेरैलाई फोन गरेर हर कोसिस गरेको भएता पनि उपस्थित गराउन नसकेको उनले बताइन् ।

गाएको शुक्रबारको बैठकले एसपीपीबारे प्रधानमन्त्रीसँग छलफल गर्ने निर्णय भएको थियो । सोही दिनको बैठकमा सहभागी रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्का र प्रधानसेनापति प्रभुराम शर्माले नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने भनेका थिए ।

LEAVE A REPLY