साझट्युब :१ जेठ, विराटनगर।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमक नगरपालिकाको मतगणनामा राप्रपा उम्मेदवारले अग्रता लिएका छन् ।
दमकमा राप्रपाबाट मेयर उम्मेदवार राम थापाले २८ मतले एमालेको मेयरको उम्मेदवार गीता अधिकारीलाई पछि पार्दै अग्रता लिएका हुन् ।
थापाको मत १९६८ मत पाएका छन् । अधिकारीले १९४० मत पाएकी छन् ।
उपमेयरमा काङ्ग्रेसकी रेगिना भट्टराईले १९३१ मत प्राप्त गरेकी छन् । एमाले उम्मेदवार अम्बिकाप्रसाद खनालले १७५६ मत पाएकी छन् । दमकको ४५४१ मत गणना भएको छ । नगरमा ३९ हजार ९४९ मत खसेको छ ।