कांग्रेसकादुई जनाले बागी उम्मेदवारी दिएर आफ्नो मनोनयन फिर्ता लिए

315

साझाट्युव : वैशाख १६, काठमाडौं ।

पोखरा महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसकादुई जनाले बागी उम्मेदवारी दिएर आफ्नो मनोनयन फिर्ता लिएका छन् ।

यसअघि पनि ऋषिराम सापकोटा र नन्दप्रसाद तिवारीले मेयरमको उम्मेदवारी शुक्रबार निर्वाचन अधिकृतको कार्यालयमा गई आफ्नो मनोनयन फिर्ता लिएका थिए ।

सापकोटाले ले मनोनयन फिर्ता लिएपछि केही दिन सांकेतिक विद्रोह गरेको तर आफूहरुको कारणले असहज हुने देखेर फिर्ता लिएको बताए ।

त्यस्तै तिवारीले भने कांग्रेसको इमान्दार कार्यकर्ताको हैसियतमा पार्टीको निर्णय मानेर सत्तारुढ गठबन्धनका उम्मेदवारलाई मत दिनु आफूहरुको दायित्व भएको बताए ।

तर कांग्रेसबाटै बागी उम्मेदवारी दिएका विमल कार्कीले उम्मेदवारी फिर्ता लिइसकेका छैनन् ।

LEAVE A REPLY