काठमाडौंको मेयरमा उम्मेवारी दिने तयारी छलफलमा रमेश खरेल

275

साझाट्युव : चैत १६ ,काठमाडौं।

प्रहरीमा छँदा चर्चा कमाएका नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेवारी दिन छलफल शुरु गरेका छन् ।

उनले आफू नेतृत्वको सुशासन पार्टीबाट काठमाडौंका मेयरमा उठ्न छलफल बढाएका हुन् ।

यससन्दर्भमा संचारकर्मीहरुसंग कुरा गर्दै खरेलले मेयरमा उम्मेवारी दिनेबारे सल्लाह भइरहेको बताउदै ‘काठमाडौंको मेयरमा उठेँ भने काठमाडौंवासीको साथ पनि पाउँछु भन्ने लागेको छ, तर यसबारे निर्णय भने गरिसकेको छैन ’ भने।

नेपाल प्रहरी जागिरबाट अवकाश पाएपछि उनले भ्रष्टाचारविरोधी अभियान चलाइरहेका छन् ।

सर्वेन्द्र खनाललाई सरकारले प्रहरी महानिरीक्षकमा बढुवा गरेपछि खरेलले २८ चैत २०७४ मा नेपाल प्रहरीबाट राजीनामा दिएका थिए ।

LEAVE A REPLY