काठमाडौं महानगरले डेंगु फैलिएसंगै हटलाइन सेवा सुरु गर्‍यो

245

साझाट्युव : भदौ ३१ ,काठमाडौं ।

डेंगु फैलिएसंगै काठमाडौँ महानगरपालिकाद्वारा हटलाइन सेवा सुरु गरिएको छ । महानगरका मेयर बालेन्द्र शाहले डेंगु संक्रमितका निम्ति २४ घण्टे हटलाइन सुरु गरेको छ ।

डेंगु संक्रमित भएको शंका भएमा ११८० मा फोन गरेर स्वास्थ्यकर्मीसित परामर्श लिन सकिनेछ । आवश्यक भएमा १०२ मा फोन गरेर महानगरको निःशुल्क एम्बुलेन्स सेवा पनि लिन सकिनेछ ।

यतिबेला ‘डेंगु जता ततै फैलाएको छ, त्यसको रोकथाम र नियन्त्रण गर्नका निम्ति अत्याधिक सचेत हुनुपर्ने आवश्यकता भएको कुरा हामी सबैले अनुभूति गरेको कुरा हो, ‘यसका निम्ति महानगर पहिलेबाट नै महानगरस्तरमा सक्रिय भएको जानकारी गराउँदछौँ उनले बताए ।’

 

भइरहेका कार्यक्रमहरुलाई अरु थप विस्तार गर्दै नयाँ कार्यक्रमहरु समेत ल्याएर स्रोत तथा जनशक्तिको अधिकतम प्रयोग भइरहेको उनले भनेका छन् ।

 

 

AUTHOR

LEAVE A REPLY