खेलकुद महासंघ बागमती प्रदेशको प्रथम बिस्तारित बैठक भव्य सम्पन्न

437

साझाट्युव : चैत १८ ,काठमाडौं।
नेपाल खेलकुद महासंघ अन्तर्गत बागमती प्रदेशले ‘बागमती प्रदेश कमिटिको प्रथम बिस्तारित बैठक’ सम्पन्न गरेको छ।

आज शुक्रवार काठमाडौं शंखमुलमा बागमती प्रदेशले आयोजना गरेको बैठक कार्यक्रममा प्रमुख अतिथिकोरुपमा नेपाल खेलकुद महासंघका अध्यक्ष तथा नं १ प्रदेश खेलकुद बिकाश बोर्डका कार्यकारी सदस्य सचीव कृष्ण ( पर्शुराम) बस्नेत रहेका थिए भने अन्य विशेष अतिथिहरुमा महासंघको निवर्तमान उपाध्यक्ष तथा बाग्मती प्रदेश नेकपा एमालेका युवा नेता ओम कृष्ण प्रसाईं ,नेपाल खेलकुद महासंघ संगठन बिभाग प्रमुख तथा प्रदेस १का युवा नेता दिपेन्द्र दहालको साथसाथै धर्म श्रेष्ठ, धरम लामा, रामकृष्ण खड्का, दिपक न्यौपाने, उज्वल प्रसाई, तिर्थ बहादुर खड्का लगायतको बाक्लो उपश्थित रहेको थियो।

कार्यक्रममा बोल्दै महासंघअध्यक्ष बस्नेतले ‘ खेलकुदका लागि छुट्याइएको बजेट खेलकुदमै खर्च हुनुपर्छ ,खेलकुदको बजेट कुनै नेता- सांसदको चुनावी खर्च हुनै सक्दैन । खेलकुद यस्तो पेशा हो जो हरसमय नयाँ नयाँ इशुहरु बनाएर काम गर्न अनि अभियान चलाउन सकिन्छ। खेल क्षेत्रको लामो अनुभवका कारण पनि उपस्थित खेलाडि साथीहरुलाइ यस क्षेत्रबाट केहि गर्न, राजनीति छबि बनाउन पनि थुप्रै सम्भव हुन्छ। देशको हितको लागि काम गर्ने एउटै पार्टि एमाले भएकोले यो आइरहेको स्थानीय चुनावमा पनि डटेर लाग्न आग्रह गर्छु ‘भने।

आजको बागमती प्रदेश बैठकले प्रदेशको सम्पुर्ण जिल्लामा कमिटि गठन गरि सकेको र अब यसलाई अझ मजबुत साथै क्रियाशील बनाउने कार्यमा लाग्ने अनि चुनावमा स्वयंसेवकको रुपमा काम गर्ने निर्णय गरेको छ।

LEAVE A REPLY