साझट्युब :७ जेठ, गुल्मी ।
गुल्मीमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोप लागेका दुई जना शिक्षकलाई प्रहरीद्वार पक्राउ गरेको छ ।
सत्यवती गाउँपालिका हसरास्थित सत्यवती माध्यमिक विद्यालयको ९ कक्षा मा अध्ययनरत छात्रालाई यौन दुव्र्यवहार भएको आरोपमा शिक्षकलाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) माधवराज खरेलले जानकारी दिएका छन् ।
२०७८ भदौ महिनादेखि शिक्षक निलकण्ठ बस्यालले र २०७८ माघ महिनादेखि शिक्षक प्रकाश भट्टराईले एक छात्रामाथि यौनजन्य क्रियाकलापका निम्ति फकाउने, बालयौन दुव्र्यवहारका कार्यहरु गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको डीएसपी खरेलले जानकारी गरेका छन् ।
प्रहरीले शिक्षक भट्टराई र बस्याललाई पक्राउ गरेर अनुसान्धान सुरु गरेको छ ।