गृहद्वारा चार जिल्लाका सीडीओहरुको सरुवा

331

साझाट्युव : चैत १७ ,काठमाडौं।
गृह मन्त्रालयले चार जिल्लाको सीडीओहरुको सरुवा गरेको छ। जसमा बर्दिया, प्यूठान, अर्घाखाँची र कपिलवस्तुका सीडीओहरु रहेका छन् ।

बर्दियामा बन्धुप्रसाद बास्तोला, प्यूठानमा सुनिता नेपाल, अर्घाखाँचीमा शशिधर घिमिरे र कपिलवस्तुमा धर्मेन्द्र कुमार मिश्रलाई सीडीओ बनाएर पठाइएको गृहमन्त्रालय स्रोतले जनाएको छ।

यो अगाडि बर्दियामा सीडीओ रहेका सन्तबहादुर सुनारलाई कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा तानिएको छ भने कपिलवस्तुका सीडीओ चक्रपाणि पाण्डे र प्यूठानका सीडीओ खिमराज भुसाललाई गृह मन्त्रालयमा तथा अर्घाखाँचीका सीडीओ हरि प्रसाद घिमिरेलाई राष्ट्रिय विपद प्राधिकरणमा तानिएको छ ।

LEAVE A REPLY