चितवनका कांग्रेस नेता -कार्यकर्ताहरुले भोलिको ’राजनीतिक चिन्ता लिनु पर्दैन : शंकर भण्डारी

129

साझाट्युव : वैशाख २१,चितवन ।

चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य साथै पूर्वमन्त्री शंकर भण्डारीले चितवनका कांग्रेसका नेता–कार्यकर्ताले राजनीतिक लगानी र भविष्यबारे चिन्तित नहुनलाइ बताएका छन् ।

कांग्रेस भित्रै बढेको असन्तुष्टिलाइ मिलाउन चितवन आएका केन्द्रीय सदस्य भण्डारीले भरतपुरमा प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा बोल्दै भरतपुरलाई केन्द्रबाट विशेष प्राथमिकताको साथ हेरिएकाले गठबन्धनलाइ मजबुत बनाउन आग्रह गरे । गठबन्धनप्रति कांग्रेस पूर्ण जवाफदेही र जिम्मेवार भएको भन्दै भण्डारीले त्यसमा दायाँ–बायाँ नगरिदिन उनले कार्यकर्तालाई आग्रह गरे ।

‘पार्टीका साथीहरुको योगदान, लगानी र क्षमताको मूल्यांकन आउने भोलिका दिनमा पार्टीले पक्कै पनि गर्ने नै छ,’ उनले भने, ‘यो गठबन्धनका कारणले पार्टीमा रहेका साथीहरुको राजनीतिक लगानी अनि भविष्यबारे तेस्तो कुनै पनि साथीहरुले चिन्ता लिनुपर्ने कुरै छैन । यो गठबन्धन विशेष परिस्थितिबस बनेको हो ।’

भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवारमा माओवादी केन्द्रबाट रेनु दाहाल साथै नेपाली कांग्रेसको तर्फबाट चित्रसेन अधिकारी उपमेयर उम्मेदवार रहेकाछन् । गठबन्धन गर्दा मेयरमा माओवादीलाई दिएका भनेर चितावानबासी कांग्रेस कार्यकर्ताहरु असन्तुष्ट भाएका छन् । कांग्रेस नेता जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिएर प्रचार प्रसार थालिसकेका छन् ।

LEAVE A REPLY