साझट्युब : ९ जेठ, काठमाडौं ।
लुम्बिनीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको जजिरा एयरलायन्सको विमान सोमबार चरासँग ठोक्किंएकाले उडान रोकिएको छ ।
सोमबार बिहान २ बजे कुवेतबाट आएको विमान विमानस्थल परिसरमा चरासँग ठोकिएको विमानस्थल स्रोतले जानकारी दिएको छ । विमान यात्रु ओरालेर एप्रोनमा छ । १२१ यात्रु लिर आएको विमानमा ५२ जना कारागारमा हिरसातमा रहेका कैदी थिए । उनीहरूलाई उद्वार गरेर नेपाल ल्याईएको हो । विमान अवतरण गरेपछि चरा सँग ठोकिएको थियो ।
विमानको ककपिट अगाडिको सिसामा रगत लागेको देखिएको तर चरा कतै विमानस्थलमा नदेखिएकाले विमानको इन्जिनमै छिरेको आशंकामा चेक जाँचका लागि विमान होल्ड गरिएको विमानस्थलले जनाएको छ।
काठमाडौंबाट गएका प्राविधिकहरूले विस्तृत रुपमा चेकजाँच गरेपछि मात्र विमान उडान गरिने बताइएको छ।