जुम्लामा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना

242

साझट्युब : ८ जेठ, जुम्ला ।

आइतबार बिहान जुम्लामा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना भएको छ । जिल्लाको कनकासुन्दरी गाउँपालिका ६ निवासी दलविरे ऐडी बिरामी हुदा उपचारको लागी सदरमुकाम ल्याउदै गर्दा दाँते ओखरमा क १ झ १५ नम्बरको कनकासुन्दरी गाउँपालिकाको एम्बुलेन्स दुर्घटना भएको हो।

 प्रहरी निरीक्षक तथा सूचना अधिकारी भुवन भट्टका अनुसार दुर्घटनामा परि तीन जना सामान्य घाइते भएका छन् । उनका अनुसार एम्बुलेन्स सडकबाट १५,२० मिटर तल खसेको थियो ।

LEAVE A REPLY