
साझाट्युव : ३१,असार जुम्ला ।
जुम्लामा लघु जलविद्युत पावर हाउस भाँसिदा एउटै परिवारका तीन जनाको मृत्यु भएको छ ।
जुम्लाको हिमा गाउँपालिका –१ आचार्यलिहीस्थित भएको भित्री खोला लघु जलविद्युत् आयोजनाको पावर हाउस भाँसिदा चौकीदार गोरक बहादुर रावत उनका श्रीमती लगायत दुई छोराको मृत्यु भएको छ । ३० वर्षीय विमला रावत र उनका दुई छोरा ९ वर्षीय भरत र ८ वर्षीय सुर्य रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ ।
गएराति चौकीदार गोरक गाउँतिर गएको समयामा ठूलो पानी परेको र कुलोमा घाँस दाउरा भएको कारण पानि रोकिएको र वेगले बग्दा घर भासिएको जनाएको छ । घटना राति साँढे २ बजे भएकाे भएतापनि स्थानीयबासीले भने बिहान ४ बजे मात्र थाहा भएको थियो ।