डलरको सञ्चिती घट्ने क्रम जारि रहे नेपालको अवस्था श्रीलंकाको जस्तो हुनसक्ने : पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे

176

साझट्युब :  १८ जेठ काठमाडौं ।

नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले यसरीनै डलरको सञ्चिती घट्ने क्रम निरन्तरता रहे नेपालको अवस्था श्रीलंकाको जस्तो हुनसक्ने चेतावनी दिएका हुन् ।

प्रतेक महिना १२ देखि १५ करोड डलर घट्दै गईरहेको भन्दै उनले यस्तै अवस्था भईरहे बजेटको लक्ष्य पूरा हुन नसक्ने बताए छन् ।

 

पूर्वअर्थमन्त्री पाण्डेले आर्थिक वर्ष २०७९/८० को बजेटमाथिको छलफलमा बुधबार भाग लिंदै भने, ‘यस वर्षको हाम्रो ९ करोड ६१ अरब डलर रिजर्भ छ । २ अर्ब ७० करोड डलरको साउनबाट हालसाम्म डिपोजिट घटेको छ, प्रतेक महिना १२ देखि १५ करोड डलर घट्दै गईरहेको छ । यसरीनै डलरको डिपोजिट घटिरह्यो भने हाम्रो आयात घट्ने गर्दछ । हामीले फरेन करेन्सी दिन सक्दैनौं । यदि तपाईंले फरेन करेन्सी दिन सक्नु भएन भने १२ खर्ब ४० अर्ब रेभिन्यू कसरी कलेक्ट गर्न सक्नुहुन्छ ?’

त्यसैगरी उनले थपे, ‘१२ खर्ब ४० अर्ब रेभिन्यू कलेक्ट गर्नको निम्ति जति भए पनि इम्पोर्ट गर भनेर छोड्दिनुपर्छ या पर्दैन प्राइभेट सेक्टरलाई ? अनि तपाईं डलर कहाँदेखि दिनुहुन्छ ? पर्सिबाट राष्ट्र बैंकले म डलर दिन सक्दिनँ भन्ने वित्तिकै आयात कटौती हुन्छ । राजश्व पनि टाइँटाइँ फिस हुन्छ । यो पैसा उठ्न पनि सक्दैन । त्यस्तो हुनेवित्तिकै तपाईंको बजेटको लक्ष्य कहिँ भेट हुन सक्दैन ।’

यस्तो स्थितिले अर्थतन्त्र धरासायी हुने संकेत देखिएको उनको टिप्पणी रहेको छ । त्यस्तै , ‘तपाईंले केही पैसा त बाँड्ने कुरा गरौंला, केही कुरा गरेर चुनावमा प्रभाव पारौंला भन्नुभाछ, पाण्डेले भने तर अर्को सालमा जाँदा टाउकोमा हात लाएर बस्नुपर्ने र अर्थतन्त्र धरासायी भयो भनेर श्रीलंकाको जस्तो दसा हामीले देख्न नपरोस् ।’

 

LEAVE A REPLY