
साझट्युब :१ जेठ,काठमाडौं ।
डिठ्ठा साहेब’को नामले परिचित चर्चित कलाकार किशोर भण्डारी वडा सदस्य पदमा नेपाली काँग्रेसका तर्फबाट विजयी भएका छन् ।
तारकेश्वर नगरपालिका–२ मा वडा सदस्यका लागि उम्मेदवारी दिएका भण्डारीले विजय हासिल गरेका हुन् ।
सामाजिक संजाल मार्फत जानकारी गराउदै आफू विजयी भएको सार्वजनिक गरेका हुन् ।
कान्तिपुर टेलिभिजनबाट प्रसारित सिरियल ‘डिठ्ठा साहेब’ लगायत दर्जनौ टेलिसिरियल अभिनय गरेका भण्डारी पछिल्लो समय ‘हर्के हवल्दार’मा समेत देखिँदै आएका छन् । भण्डारी फिल्मका निर्देशक पनि हुन् ।