साझाट्युव : वैशाख १७, काठमाडौं ।
१९४५ अप्रिल ३० को दिन जर्मनका तानाशाह एडोल्फ हिटलरलाई मनमा लाग्न थालिसकेको थियो। युद्दमा उनले जित्न सक्दैन भनेर पराजय निश्चित भैसकेको थियो तर उनी आफु जिउँदै शत्रुको हातमा कुनै पनि हालतमा लाग्न चाहँदैन थिए । त्यसैले उनले निर्णय लिए आत्महत्या गर्ने । उनले आफ्ना सहकर्मीलाई विषका सिसी बाँडे ।
हिटलरकी पत्नी एफा ब्राउनले दिनको ३:३० मा, विष पिइन् ।त्यसै समया हिटलरले पनि दाहिने कन्चटमा ७.६५ एमएमको पेस्तोलले गोली आफैले आफुलाई हाने । उनका निजी सेवक हाइन्त्स लिंगेले दुबै शवलाई नाजी पार्टीका दुई एसएस सिपाहीहरूको सहयोगमा कार्यालयको बगैँचामा लगियो र जलाइयो। बाँकी शवलाई बंकर नजिकैको खाल्डोमा गाडियो ।
जर्मनी दोस्रो विश्वयुद्धमा हारको नजिक थियो। यसैको कारण, १६ जनवरी १९४५, यता हिटलर आफ्नै राइच-चान्सलरको कार्यालयको बगैँचामा बाक्लो पर्खालहरू भएको भूमिगत बंकरमा बसेका थिए । हिटलरले आफ्नो व्यक्तिगत अङ्गरक्षकलाई पहिलेनै बोलाएर मैले आफूलाई गोली हानेपछि मेरो शरीरलाई बगैँचामा लगेर आगो लगाइदिनु भनेका थिए। ताकि म मरिसकेपछि मलाई कसैले देख्न र चिन्न नसकोस।
यो कुराको विश्वास गरिन्छ कि हिटलरले अप्रिल २७ मा नै सोभियत सेनाको हातमा पर्नु भन्दा आत्महत्या गर्ने निर्णय गरिसकेका थिए। यसपछि हिटलरले आफ्नी लामो समयदेखिकी रहेकी आफ्नो प्रेमिकासँग २८ अप्रिलको मध्यरातमा आफ्नै बंकरमा विवाह गरे । जस्को साक्षी उनको प्रचार मन्त्री गोएबल्स बने।