
साझट्युब : १९ जेठ, काठमाडौं ।
तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको शव बिहिबार मृतकका परिवारलाई हस्तान्तरण गरिएको छ ।
आइतबार पोखराबाट मुस्ताङको जोमसोमतर्फ उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका २ सानुसरेमा दुर्घटना हुँदा २२ जनाको निधन भएको थियो ।
दुर्घटनामा परेको जहाज सोमबार बिहान फेला परेको थियो भने सोमबार र मंगलबार गरी दुई चरणमा शवहरुलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।
निधन हुनेहरूको शव त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरेर मृतकको परिवारलाई हस्तान्तरण गरिएको हो ।