तेल किनेको पैसा तिर्न टेकुको जग्गा धितो राख्दै : निगम

148

साझाट्युव : १४ असार, काठमाडौं ।

बिगत लामो समयबाट घाटा व्यहोर्दै आइरहेका नेपाल आयल निगम यतिबेला भने टाट भएको छ । महँगोमा दरमा भारतबाट तेल किनेर नेपालमा घाटामा बेचिरहेको निगमको अवस्था नाजुक बनेको छ ।

नेपाल आयल निगम आर्थिकरूपमा थालापरेपछी टेकुको जग्गा धितो राखेर अर्बौ रुपैयाँ ऋण​ लिने भएको छ । निगमको केन्द्रीय कार्यलय रहेको टेकुको ४० रोपनीभन्दा माथि जग्गा धितोमा राख्ने भएको स्रोतले जानकारी दिएको छ ।

अर्थमन्त्रालयले बैंकमा जग्गा धितो राखेर ऋण​ लिन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत निगमलाई पत्र पठाएको स्रोतले बताएको छ । पत्रमा अर्थ मन्त्रालयले निगमलाई दिनु पर्ने ३ अर्ब सोधभर्नाको रकम लिन जग्गा धितोमा राख्न भनिएको छ ।

LEAVE A REPLY