त्रिवि सेवा आयोगको ताला नेविसंघले खोल्यो

264

साझाट्युव : २२ साउन,काठमाडौं ।

त्रिभुवन विश्वविद्यालय सेवा आयोग कार्यालयमा लगाएको तालालाइ नेविसंघद्वारा आज खोलेको छ।

नेविसंघद्वारा ताला लगाइसकेपछि त्रिवि सेवा आयोगमा प्राध्यापक तथा सहप्रध्यापकको अन्तर्वार्ता पनि रोकिएको थियो।

नेविसंघ त्रिवि समिति सचिव योगेन्द्र रावलले त्रिवि सेवा आयोगमा लगाइएको ताला खोलिएको बताए ।

सेवा आयोगले २०७७/०७८ मा आन्तरिक प्रतियोगितादेखि विभिन्न पदहरूमा पदपूर्ति गर्न विज्ञापन गरेकामध्ये व्यवस्थापन र समाजशास्त्र, हिन्दी र मैथली विषयको अन्तर्वार्ता गत साउन १५ गतेबाट सुरू गर्ने तालिका थियो। तर तालाबन्दीको कारण अन्तर्वार्ता रोकिएको छ।

नेविसंघद्वारा गत साउन १२ मा त्रिवि सेवा आयोगमा प्राध्यापक तथा सहप्राध्यापकहरूको अन्तर्वार्तालाइ रोक्नको लागि माग गर्दै तालाबन्दी गरेको थियो।

LEAVE A REPLY