दिदीको घर गएको भाइको हत्यामा , ५ जना पक्राउ

231

साझट्युब :  ३० जेठ, वीरगञ्ज ।

प्रहरीले राजेश रामको हत्यामा संलग्न भएको ५ जना अरोपिलाई पक्राउ गरेको छ । पर्साको बहुदरमाई नगरपालिका-२ सिसियाडी बैरियाटोल बस्ने ४० वर्षीय राजेश रामको हत्यामा संलग्न भएको आरोपमा ५ जनालाई पक्राउ गरेको छ ।

हत्याको आरोपमा जगरनाथपुर गाउँपालिका–६ बस्ने ४५ वर्षीय हिरामन महरा, ३६ वर्षीय रामबालक महरा,लगायत ४० वर्षीया बसन्ती देवी, ३५ वर्षीया सुनितादेवी साथै २२ वर्षीया रिंकु देवीलाई पक्राउ गरिएको प्रहरीले बताएको हो ।

हत्याको अनुसन्धानका निम्ति उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताएका छन् ।

ज्यानसम्बन्धी कसुरमा अनुसन्धानका निम्ति उनीहरुलाई ७ दिन हिरासतमा राख्न्लाइ पर्सा जिल्ला अदालतबाट अनुमति लिइएको प्रहरीले जानकारी दिएका छन् ।

उनले भने घटना के को लागि घटाइयो ? ‘घटना किन घटाइयो ? कसको संलग्नता कति जना मिलेर गरेको हो ? घटनाबारे थप अनुसन्धान गरिरहेका छौं’ ।

गत जेठ २८ गते बिहान ११ ः १५ बजे जगरनाथपुर–६ स्थित नारा खोलाको खोल्सीमा घोप्टो परेको र घाँटीमा गम्छाले कसिएको अवस्थामा राजेशको शव फेला भेटिएको थियो ।

गएको जेठ २४ गते राजेश दिदीको घरमा गएको थियो । प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा त्यहि घरको एक सदस्यसित यौनजन्य क्रियाकलापमा संलग्न रहेको पाएपछि परिवारका सदस्यले राजेशलाइ कुटपिट गरेको थियो ।

राजेशको हत्यामा भिनाजु हिरामन, उनका भाइ रामबालक लगायत परिवारका ५ जना सदस्य समेत संलग्न भएको प्रहरीले अनुमान गरेको छ । मृतकको घाँटीमा बेरिएको गम्छा भिनाजु हिरामनको भएको पनि पुष्टी भइसकेको प्रहरीले जानकारी दिएको छ ।

LEAVE A REPLY