
साझट्युब : १७ वैशाख, काठमाडौं ।
तारा एयरको हवाईजहाजको ब्ल्याक बक्स भेटिएको छ । आइतबार मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा
दुर्घटनास्थलमा उद्धारका लागि खटिएको नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघको टोलीले आज बिहान हवाईजहाजको ब्ल्याक बक्स पाएको हो । टोलीका ७ सदस्यमध्येका एक विनायकजय मल्लले हवाईजहाजको ब्ल्याक बक्स भेटाएको सूचना दिएका हुन् ।
पाइलटले गरेका कुराकानीको सबै रेकर्ड ब्ल्याक बक्समा हुने भएकाले हवाई जहाज दुर्घटनाको कारण पत्ता लगाउनलाइ सहज हुने गर्दछ ।
त्यसैगरेर हवाई जहाज दुर्घटनामा ज्यान गुमाएका सबै २२ जनाकै शव पनि भेटिएको मल्लले बताएको छ । ‘सबै २२ वटा शव र ब्ल्याक बक्स भेटियो र हामी मिसन कम्प्लिट गरेर त्यहाँबाट फर्किसकेको बताए ।
सोमबारसम्म भिरमा अड्किएको शव निकाल्न बाँकी थियो भने हराइरहेको अर्को एउटा शवको खोजी कार्य भईरहेको थियो । आज बिहान भने सबै शवहरु भेटिसकेको बताएका हुन् छ ।
नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघको उद्धारका निम्ति खटिएको टोलीका सदस्यहरू
घटनास्थलबाट संकलन गरिएका शव आज बिहान कोवाङ ल्याइसकेको र ती शवलाई काठमाडौं पठाउने तयारी भइरहेको मुस्ताङका प्रहरी नायव उपरीक्षक रामकुमार दानीले बताएका छन् । मानापाथी हिमालको फेदीमा संकलन गरेका ती शवलाई कैलाश एयरको हेलिकोप्टरमार्फत कोवाङमा ल्याइएको थियो ।
नेपाली सेनाको हेलिकोप्टरबाट सोमबारनै १० शव काठमाडौं ल्याइसकेको छ । ती शवहरु त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । भने आवश्यक प्रक्रिया पूरा भएपछि शव आफन्तलाई जिम्मा दिनेछ ।
३ जना चालक दलका सदस्य साथै १९ जना यात्रु लिएर आइतबार बिहान ९ः५५ मा पोखरादेखि जोमसोमका निम्ति उडेको तारा एयरको नाइन एन एईटी विमान सम्पर्कबिहिन भएको १९ घण्टापछि सोमबार बिहान थासाङ गाउँपालिका–२ को सानोसरे भन्ने स्थानमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।
थासाङ गाउँपालिकाको केन्द्र कोवाङबाट घटनास्थलसम्म पुग्न चार घण्टा उकालो हिंड्नुपर्छ ।
बिशेष भौगोलिकरूपमा अतिनै विकट भएकाले शव र यात्रुका सामान संकलन गरेर कोवाङमा ल्याउन ढिलाइ भएको छ ।