साझट्युब : ३१ वैशाख, डडेल्धुरा ।
प्रधानमन्त्री शेरबहादुर देउवाको गृहपालिका डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर ४ मा कांग्रेसको प्यानल नै विजयी भएको छ ।
कांग्रेसका विजयी वडाध्यक्ष ६१४ मत ल्याएका छन् । त्यहाँ वडाध्यक्षसहित पाँच जनाले कांग्रेसबाट जित निकालेका हुन् ।
कुल खसेको १,०२९ मतमा माओवादी केन्द्रका उम्मेदवारले १४९ ल्याउँदा एमालेका उम्मेदवारले १८४ मत मत ल्याए ।