दोर्दी खोला जलविद्युत् कम्पनीको आईपीओ बाँडफाँट

138

साझाट्युव : ८ असार, काठमाडौं ।

दोर्दी खोला जलविद्युत् कम्पनीको आईपीओ बाँडफाँट गरेको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका भनाइ अनुसार स्वीकृत आवेदनमध्ये २ लाख १ हजार ९८६ आवेदकले १० कित्ताका दरले कम्पनीको आईपीओ पाएका छन् भने थप ९ जना आवेदकले भने थप एक कित्ता गरी ११ कित्ता सेयर पाएको छ ।

कम्पनीले जेठ २६ गतेबाट आईपीओ निष्काशन भएको थियो । आईपीओमा १४ लाख ७१ हजार ६६५ आवेदन दिएको थियो । कुलमध्ये १४ लाख ७० हजार ७८३ आवेदन स्वीकृत गरेको थियो ।

 

प्रभावित क्षेत्रका बासिन्दाहरुका निम्ति कम्पनीले आयोजना बाँडफाँट गरी बिक्री हुन बाँकी रहेको २ लाख ९७ हजार ८४० कित्ता सहित २१ लाख ९५ हजार ५०९ कित्ता साधारण सेयर निष्काशनमा निकालेको थियो ।

जसमध्ये ६५ हजार ८६५ कित्ता यानिकि ३ प्रतिशत सेयर कम्पनीका कर्मचारीहरुले , एक लाख ९ हजार ७७५ कित्ता अर्थात ५ प्रतिशत सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट भएको थियो । त्यस्तै बाँकी २० लाख १९ हजार ८३९ कित्ता सेयर सर्वसाधारणको लगानीकर्तामा वितरण गरिएको छ ।

 

LEAVE A REPLY