साझाट्युव : बैशाख १०,धनगढी।
जनता समाजवादी पार्टी (जसपा) ले धनगढी उपमहानगरपालिकाको मेयर र उपमेयरमा उम्मेदवारको टुंगो लगाएको छ ।
धनगढीको मेयरमा कबिन्द्र ऐर र उपमेयरमा नन्दकली रानाथारुलाई उम्मेदवार बनाउने जनाएको छ ।आज शनिबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै जसपाले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा ऐर र रानाथारुलाई उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिएको हो ।