साझट्युब : ७ जेठ, धरान ।
धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पंगको अग्रता निरन्तर कायाम रहेको छ ।
आज बिहान ६ बजेसम्मको मतपरिणाम बमोजिम उनले १३ हजार ६३१ मत ल्याएका हुन् । भने उनको कांग्रेसका उम्मेदवारभन्दा २ हजार ६४ मतले र एमालेका उम्मेदवार भन्दा ४ हजार १८८ मतको अन्तरले अगाडि रहेका हुन् ।
साम्पंगलाइ पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले ११ हजार ५६७ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार मञ्जु भण्डारी सुवेदीको पक्षमा ९ हजार ४४३ मत ल्याएका छन् ।
यसैगरी उपमेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार अइन्द्रविक्रम बेघाको अग्रता रहेको छ । बेघाले १३ हजार ६६७ मत ल्याउदा नेकपा एमालेका उम्मेदवारले १२ हजार ७५४ मत प्राप्त गरेका हुन् ।
अहिलेसम्म ४३ हजार ५२२ मत गणना भएको छ । वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२,१ ४, १८ र १९ को मत गणना भइसकेको छ ।