धरान उपमहानगरपालिकाको मेयरमा हर्क साम्पाङ झिनो मतले पछि

340

साझट्युब : ४ जेठ, धरान ।

सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको झिनो मतले मात्र गठबन्धनका उम्मेदवारसँग पछि परेका छन् । धरानमा खानेपानीको मुद्दालाइ इसुबनाएर सामाजिक अभियानमा खरो उत्रेका साम्पाङले स्थानीय तह निर्वाचनमा गठबन्धनका उम्मेदवारसँग प्रतिस्पर्धा गरिरहेका हुन् ।

हालसम्म मत गणना अनुसार २७ हजार ६८७ मत गणना हुँदा हर्कले ७ हजार ८२२ मत प्राप्त गरेका हुन् । भने उनीभन्दा नेपाली कांग्रेसका मेयर उम्मेदवार किशोर राईले ६८ मतले मात्र अगाडि रहेका छन् । नेकपा एमालेका मेयर उम्मेदवार मञ्जु भण्डारीले ६ हजार ५१९ मत ल्याएकी छन् ।

उपमेयर पदमा भने माओवादी केन्द्रका अइन्द्रविक्रम बेघाले ८ हजार ८८५ मत प्राप्त गरेका छन् । उनलाई नेकपा एमालेका पदम इस्बोले ८ हजार ५०८ मतका साथ पछ्याइरहेका छन् ।

LEAVE A REPLY