धरान उपमहानगरपालिका १२ मा पुरानै टिम दाेहाेरियाे

255

साझट्युब :  ६ जेठ,सुनसरी । 

सुनसरीको धरान उपमहानगरपालिकाको एउ टा वडामा अघिल्लो कार्यकालमा निर्वाचित रहेका वडाध्यक्ष लगायत पाँचैजनाको ‘ टिम ’ पुनः दोस्रो कार्यकालका निम्ति बिजयी भएका छन् । धरानको मुख्य बजार क्षेत्र भानुचोकबाट उत्तरमा छाता चोक अनि स्वस्तिका चोक अनि चतरा लाइनसम्मको क्षेत्र वडा नम्बर १२ हो । धरानको मुख्य बजार क्षेत्रमै अघिल्लो कार्यकालमा निर्बाचित भएका सवैले दोस्रो पटक पनि
जितेका छन् ।

२ हजार ८३८ मतदाता भएको धरान-१२ मा मतदाताले १ हजार ७३९ मत दिएका थिए । वडाध्यक्ष, वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्य गरी पाँचैजना पुराना अनुहार यसपटक पनि बिजयी भएका छन् । नेकपा एमालेदेखि २०७४ मा पाँचै जनाको प्यानलले धरान १२ मा बिजयी भएका थिए । उनीहरु निरन्तररुपमा यसपटक पनि प्यानलै बिजयी भएका छन् । वडाध्यक्षमा टंक बहादुर राई, सदस्यहरु ब्रहमज्ञ भट्टराई साथै बिनिता ब्रजाचार्य, महिला सदस्य चुन्नु थापा र दलित महिला सदस्य शान्ति कुमारी त्रिखत्रीको प्यानलानै बिजयी भएका निर्वाचन अधिकृतको कार्यालयले बताएको हो ।

वडाध्यक्ष राईले यसपटक १६४ मतले नेपाली कांग्रेसका बिष्णु तामाङलाई पराजित गरेका हुन् । राईले ८१५ मत ल्याउदा तामाङले ६५१ मत पाएका हुन् । त्येस्तै २०७४ मा राईले कांग्रेसकै भोज कुमार न्यौपानेलाई २९० मतले पराजित गरेका थिए । खुल्ला सदस्यमा ब्रहमज्ञ भट्टराईले ८४३ र विनीता बज्राचार्यले ७३१ मत ल्याएर विजयी भएका निर्वाचन अधिकृतको कार्यालय धरानले जनाएका छन् ।

महिला सदस्यमा चुन्नु थापाले ७९२ र दलित महिला सदस्यमा शान्ति देवी त्रिखत्रीले ७८९ मत ल्याएर विजयी भएका छन् । यसरीनै वडाध्यक्षमा पुनः बिजयी भएका राईले अघिल्लो कार्यकालमा काम गर्दा वडाबासीहरुलाई कुनैपनि प्रश्न उठाउन नदिएको पनि दाबी गरे । त्येही मेरो काम अनि कामप्रतिको लगाब देखेर यसपटक पनि आफुहरुलाई नगरबासीले पत्याए र निर्बाचित गरे । ‘हामीसँग अनुभव पनि थियो, अघिलो काम सुरु गरेर पुरा गर्न बाँकी रहेको वडा कार्यालय भवन निर्माण, चतरालाई लाइनको बाटो निर्माण लगायतको काम बाँकी थियो’ उनले भने, ‘पहिले पनि राम्रै काम गरेको भन्दै पार्टीले दोस्रो कार्यकाललाई टिकट दियो, यसपटक पुराना हामी सवैले जितेका छौं ।’ उनले कोभिड १९ का कारण अघिल्लो कार्यकालमा रोकिएका अधुरा काम यो कार्यकालमा सम्पन्न गर्ने जानकारी दिए ।

गएको कार्यकालको कामका दौरान अन्य पार्टीहरुसँग समेत सहकार्य गरेर हिंडेकोले कसैलाई पनि प्रश्न उठाउन ठाउँ नरहेको पनि वडाध्यक्ष राईले बताए । सोही वडाका एमाले नेता गिरिराज अधिकारीले निर्वाचित सवैले विगतको कार्यकालमा निर्विवाद रुपमा वडामा काम गरेको मुल्यांकन गर्दै दोेस्रो पटकका निम्ति टिकट दिइएको र सवैको सहयोगमा निर्बाचित भएको बताए ।

‘वहाँहरुलाई टिकट दिने बेलामा कार्यकालको समिक्षा गरेको थियो,’ उनले भने, ‘यो सेटले काम गर्दा अनियमितता र भ्रष्टाचारको कुनै पनि आरोप नलागेको , साथै निकाल्ने आधारै नभएपछि सर्वसम्मत रुपमा टिकट दिएका थियौं ।’ वडा तहमा भएको मूल्याकंनको आधारमा पार्टी नेतृत्वले समेत सकारात्मक मूल्याकंन गरेकोले यसपटक पनि उनीहरुलाई टिकट प्रदान गरिएको अधिकारीले जानकारी दिए ।

LEAVE A REPLY