नागरिकता विधेयक वारेमा दोस्रो पटक परामर्श गर्दै राष्ट्रपति भण्डारी

274

साझाट्युव: भदौ २१,काठमाडौं ।

संसदका दुवै सदनदेखि पारित गरेको नागरिकता विधेयकलाई प्रमाणीकरण गर्नका निम्ति हिजो दोेस्रो पटक राष्ट्रपति कार्यालयमा पठाएका छन्। हिजो सभामुख सापकोटाद्वारा विधेयक प्रमाणीकरणका निम्ति राष्ट्रपति कार्यालय शितल निवास पठाएका छन् ।

यो भन्दा अगाडी पनि संसदका दुवै सदनले पारित गरेको विधेयक प्रमाणीकरणका निम्ति राष्ट्रपतिकहाँ पठाइएका थिए । तर राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न १५ बुँदे सुझावसहित साउन २९ गते विधेयक फिर्ता गरेकी थिइन् । यो बीचमा राष्ट्रपतिले दिएको सुझाव बेवास्ता गर्दै संसदमा दुवै सदनले बिधेयक हुबहु पारित गर्दै प्रमाणीकरणका निम्ति फेरि राष्ट्रपतिकहाँ पठाएको छ ।

संविधानमा फिर्ता पठाएको विधेयकलाइ पुन राष्ट्रपति समक्ष पेश गरेको राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकारण गर्नुपर्ने व्यवस्था रहेको छ। तर नागरिकता विधेयक जस्तो गम्भीर विषयलाइ के गर्ने भन्ने विषयमा राष्ट्रपति भण्डारीले आफ्ना सल्लाहकासित छलफल हुने शितल निवास स्रोतले बताएको छ।

‘संवैधानिक दायित्व अनि संविधानलाई रक्षा गर्ने बिशेष दायित्व राष्ट्रपतिको हो। नागरिकताको सम्बन्धमा राष्ट्रियतासित जोडिएको भएकाले सम्माननीयज्यूले आफ्नो टिमभित्र छलफल गर्नुहुनेछ । शितल निवास स्रोतका अनुसार अझै १४ दिनको समय छ, हाल छलफल कै क्रममा भएकाले केही भन्न सक्ने अवस्थामा छैन।’

राष्ट्रपति भण्डारीमाथि विधेयक प्रमाणीकरण नगर्न चौतर्फीबाट दबाव रहेको छ। नागरिक समाज,लगायत स्वतन्त्र बुद्धिजिवीबर्गले विधेयक प्रमाणीकरण नगर्नको लागि राष्ट्रपतिलाई सुझाव दिँदै आईरहेका छन्।

प्रतिनिधि सभाले गएको भदौ २ गते राष्ट्रपतिले फिर्ता पठाएको विधेयक जस्ताको तस्तै पारित गरेको थियो। , राष्ट्रिय सभाले पनि गएको भदौ १७ गते विधेयक जस्ताको तस्तै पारित गरेको थियो । राष्ट्रिय सभाले पुनर्विचारका निम्ति विधायन व्यवस्थापन समितिमा पठाएता पनि विधेयकमा कुनै परिवर्तन भएको छैन ।

 

LEAVE A REPLY