साझाट्युव : २० असार, काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल तथा नेकपा एमालेका अधक्ष्य केपी शर्मा ओलीले संसद् निरीह बनेको बताएका छन् । उनले मुलुक अव्यवस्था र आराजकतामा फस्दा पनि संसद् निरीह भएर हेरिरहेको बताएका हुन् ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता ओलीले संसद् आफ्नो वजनअनुसार चल्नुपर्ने सुझाएका छन् । उनले सभामुख अग्निप्रसाद सापकोटालाई पनि प्रभावकारी रूपमा संसद् सञ्चालन गर्न सुझाव दिए । ‘यस गरिमामय सदनको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु; यो संसद् लहैलहैमा चल्न भएन । हामी जनप्रतिनिधि हौं; हामी जनप्रतिनिधिले लहैलहैमा कुदेर हुँदैन,’ उनले भने, ‘देशप्रति जिम्मेवार भएर सोच्न सक्नुपर्दछ । देश र जनताका हितको रक्षा गर्न सक्नुपर्छ ।
मुलुकमा दिनानु दिन महँगी बढेर जनता मारमा पर्दा पनि संसद्ले काम गर्न नसकेको ओलीको भनाइ थियो । राज्यका सबै अंगमा सरकारले हमला गरेको ओलीले आरोप लगाए । त्यसैगरी जताततै स्वेच्छाचारिता बढेको पनि उनको भनाइ थियो ।