नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताहरुबीच झडप

151

साझाट्युव :  २८ वैशाख, दार्चुला। 

दार्चुलामा नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताहरुबीच झडप भएको छ ।

दार्चुलाको दुहु गाउँपालिका–५ झडपमा झडप हुदा वडा अध्यक्षका एमाले उमेदवार मानसिंह बडाल लगायत घाइते भएका छन् ।

मंगलबार बेलुकी चुनाव प्रचारबाट फर्किने क्रममा झडप भएको थियो । एमाले जिल्ला कमिटी उपसचिव खडक बडालले सत्ता गठबन्धनका कार्यकर्ताहरुले वडाअध्यक्षका उम्मेदवार बडालसँगै मानसिंह बडाल, विरेन्द्र महरा, लालसिंह महरा लगायतलाई कुटपिट गरी घाइते बनाएको बताएका छन् । बडाल जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ ।

उनले दोषीलाई पक्राउ गरी कार्वाहीको दायरामा ल्याउन माग पनि गरेका छन् ।

LEAVE A REPLY