
साझट्युब : १ असार,काठमाडौं ।
नेपाली कांग्रेसका माहामन्त्री गगन थापाले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को बारेमा प्रधानमन्त्री शेरबहादुर देउवालाइ जवाफ मागेका हुन् ।
बुधबार प्रतिनिधिसभामा बोल्दै थापाले अमेरिकासित गर्न लागेको भनिएको एसपीपी सम्झौताबारे प्रधानमन्त्रीले नै संसदमा जवाफ दिनुपर्ने भनेका छन् ।
उनले भने कुनै पनि शक्तिराष्ट्रको सामरिक स्वार्थ जोडिएको कार्यक्रममा नेपाल सहभागी हुन नहुने भन्दै एसपीपी संविधानविपरीत रहेको दाबी समेत गरेका हुन् । त्यस्तै उनले भने, ‘हामीले सबै शक्ति राष्ट्रसित मिलेर काम गर्ने हो । तर, सेना संलग्न हुने कुनै पनि कार्यक्रममा नेपाल सहभागी हुन पाउँदैन ।’
प्रधानमन्त्रीले संसदमा आएर एसपीपी सम्झौता हुँदैन र गर्र्दैनौं भन्नुपर्ने थापाले माग गरेका हुन् ।