नेपाल मै कृषि औजारको उत्पादन

726

साझाट्युव : ५ असार, काठमाडौं ।

नेपालमा बिगत दश वर्ष देखि विभिन्न कृषि औजारको निर्माण भैरहेकोछ। प्राय : जसो सम्पूर्ण मेसिन उपकरण लगायतका बस्तुहरु बिदेशबाट आयात गर्ने नेपाल कम्तिमा कृषि औजारको क्षेत्रमा भने सानै मात्रामा भएपनि आत्मानिर्भर बन्ने प्रयासमा छ। तर यो प्रयास राज्यको कुनै निकायबाट नभएर एकजना व्यक्तिबाट सुरु भएको छ। झन्डै पैतिस वर्ष नेपाल सरकारको बरिष्ठ बालि विज्ञ रहेका गोबिन्द भक्त श्रेष्ठले आफ्नै व्यक्तिगत लगानीमा काठमाडौको सतुङ्गलमा चन्द्रागिरी मेसिनरी उधोग प्रा लि संचालन गरेका छन् ।

 

सरकारी सेवाबाट आवाकास लिएपछि सुरुमा बिउ बिजनको बिकासमा केन्द्रित भएर काम सुरुगरेका गोबिन्द भक्त श्रेष्ठले सो काममा माफियाहरुका कारण किसानले कमसल बिउ बिजन प्राप्त गर्ने खतरा देखेपछि कृषि औजार निर्माण गरेर नेपालि किसानलाई सहयोग पुर्याउने निर्णय गरेका थिए। यसै अनुरुप २०६९ सालमा केहि अत्यावस्यक कृषि औजार निर्माण थालेका उनले हाल ३५० भन्दा बढी साना ठुला मेसिनहरु निर्माण गर्दछन। उनको कम्पनीमा हाल हाते धान रोप्ने मेसिन, कोदो चुट्ने थ्रेसर, अन्न प्याकिंग गर्ने मेसिन, बिउ ओसार्ने कन्भेयर, बिउको भकारी, आलु ग्रेडर, बिउ ग्रेडिङ्ग मेसिन, बिउ उपचार गर्ने मेशिन, बादर धपाउने बन्दुक, हलो लगायत सयौ कृषि औजारहरु निर्माण हुन्छन। यी मेशिनहरुको मूल्य एक सय रुपैया देखि पचास लाख सम्मका रहेका छन् । उनले नेपालका सबैजसो जिल्लाहरुमा आफ्नो आधिकारिक बिक्रेता मार्फत किसानसम्म सो कृषि औजारहरु पुर्याईरहेका छन् ।

भविष्यमा उनले चन्द्रागिरी मेशिनरी उधोका प्रा लि लाई अझ आधुनिकीकरण गर्दै कृषि औजारहरुको निर्माण तथा उत्पादन वृद्धि गरेर नेपालि किसानहरुलाई आत्मानिर्भर बनाउने योजना राखेका छन् । यसका लागि संचालक श्रेष्ठले नेपाल सरकार र निजि क्षेत्र समेत संग सहकार्य गर्ने मनासाय ब्यक्त गरेका छन् ।

LEAVE A REPLY