
साझाट्युव : बैशाख १२, काठमाडौँ ।
डा. नेत्रप्रसाद तिमल्सिना लगायतले रेडक्रसको केन्द्रीय कार्यालयमा प्रवेश गरेर तोडफोड गरेको घटनाप्रति नेपाल रेडक्रस सोसाइटीले चिन्ता व्यक्त गरेको छ ।रेडक्रसको तदर्थ समितिको वैधानिकता सम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन छ ।
मुद्धा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा मंगलबार अघिल्लो तदर्थ समितिका अध्यक्ष डा.नेत्रप्रसाद तिम्सिना लगायतका व्यक्तिहरूले ताहाचलस्थित केन्द्रीय कार्यालयमा हथौडा सहितका सामग्री लगेर कार्यालयको दुईओटा ढोका तोडफोड गरेपछि कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । प्रहरी वृत कालिमाटीले डा.तिम्सिना र बाबुराजा महर्जनलाई पक्रेर ‘मुद्धा टुंगो नालागेसम्म त्यस्ता गतिविधि नगर्ने’ सहमति गराएर छाडेको छ ।
तदर्थ समितिका अध्यक्ष डा.नेत्रप्रसाद तिम्सिना र प्राध्यापक सुदर्शनप्रसाद नेपाल मध्ये कसको समिति वैधानिक भन्नेबारेमा अदालतमा मुद्दा विचाराधीन छ । नेत्रप्रसाद नेतृत्वको तदर्थ समितिले काम गरिरहेको अवस्थामा सरकारले म्याद सकिएको भन्दै सरकारले प्राध्यापक सुदर्शनप्रसाद नेपाल नेतृत्वको तदर्थ समिति चयन गरेको थियो । २०७८ चैत १३ मा दोस्रो समितिको पनि म्याद सकिएको छ ।