पछिल्लो २४ घण्टामा देशभर थप २१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि

162

साझाट्युव : बैशाख १२, काठमाडौँ । 

पछिल्लो २४ घण्टामा देशभर थप २१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ भने १७ जना सङ्क्रमणमुक्त भएका छन् ।

सोमबार कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। ४ हजार ७७५ जनाको कोरोना परीक्षण गर्दा १९ जनामा पीसीआर र २ जनामा एन्टिजेन विधिबाट सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २७१ पुगेको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १ लाख २३ हजार २१० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

LEAVE A REPLY