पञ्जाबका गायक सिद्धू मुसेवालाको हत्यामा संलग्न व्यक्ति नेपालमा प्रवेश गरेको आशंका

171

साझट्युब :  २० जेठ, काठमाडौं ।

पञ्जाबका गायक सिद्धू मुसेवालाको हत्या गर्ने व्यक्ति नेपालमा प्रवेश गरेको आशंका भारतीय प्रहरीले गरेका हुन् ।

हत्या प्रकरणमा पक्राउ परेका दुईजनाको बयानका आधारमा सिद्धूमाथि गोली हान्ने सुटरसँग जोडिएकाति व्यक्ति नेपालमा हुनसक्ने आशंकामा दिल्ली प्रहरीको स्पेशल सेलले नेपालमा गोप्य अपरेशन चलाइरहेको स्रोतको दाबी गरेका छन् ।

 

गत आइतबार पञ्जाबको मानसा जिल्लास्थित जवाहर्के गाउँमा मुसेवालाको अज्ञात व्यक्तिद्वार गोली हानी हत्या गरिएको थियो । पञ्जाब सरकारद्वार मुसेवालाको सुरक्षा फिर्ता लिएको एक दिनपछिनै उनको हत्या भएको थियो ।

नेपाल भारत बिचको खुला सीमाको कारण प्रवेश गरेको गोप्य सूचनाको आधारमा दिल्लीबाट प्रहरीको टोली शुक्रबार नेपाल आइपुगेको स्रोतलाई उद्धृत गर्दै इण्डिया टुडेले उल्लेख गरेको हो ।

नेपाल प्रहरीका उच्च अधिकारीहरुको अनुसार भारतीय प्रहरीको टोली नेपाल आएकाबारे औपचारिकरुपमा कुनै जानकारी नआएको बताएका हुन् । तर स्रोतका अनुसार भारतीय प्रहरीले नेपालमा पनि केन्द्रीत भएर अनुसन्धान गरिरहेको बताएका हुन् ।

उनको हत्यामा संलग्न भएको आरोपी दुई जनालाई पक्राउ गरिएको केही घण्टामै भारतीय प्रहरी नेपाल आइपुगेको जानकारी आएको छ । पञ्जाब पुलिसले गायक मुसेवाला मारिएको दुई दिनपछि मंगलबारपवन विष्णुई र खान नामक दुई युवालाई पक्राउ गरेको थियो । प्रहरीका अनुसार उनीहरुले घटनामा प्रयोग गरेको बोलेरो गाडी उपलब्ध गराएको प्रहरीको आरोप छ ।

मुसेवालाको हत्यामा संलग्न भएको आशंकामा भारतीय प्रहरीले कुख्यात लागूऔषध तस्कर मनप्रित सिंहलाई पक्राउ गरेको थियो । उनलाई हिरासतमा लिएर अनुसन्धान भइरहेको वेला दुईजना युवा पक्राउ परेका थिए ।

ती युवालाई सिंहले नै गाडी उपलब्ध गराएको प्रहरीको आरोप छ ।लरेन्स विश्नोई ग्याङले गायकको हत्याको जिम्मेवारी लिएको छ ।

त्यस्तै भारतको एक टिभी च्यानलमा बोल्दै ग्याङकातर्फबाट सचिन थपन नामक व्यक्तिले घटनाको जिम्मेवारी लिँदै सिद्धूको हत्या ‘पब्लिसिटी स्टनट’ वा ‘असूली’का निम्ति नभएर पञ्जाबका युवा नेता विक्की मिदुखेराको हत्यामा संलग्नलाई सेल्टर दिएको बदला लिइएको उल्लेख गरेका थिए ।

भारतीय प्रहरीको अनुसार कुनै वेला विक्कीले लरेन्स विश्नोईलाई सहयोग गरेको थियो । यो सद्धूको हत्या दुई आपराधिक समूहबीचको द्वन्द्वको परिणाम भएको अनुसन्धान अधिकृतहरुको बुझाइ रहेको छ ।

LEAVE A REPLY